"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भूमि र वनसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाउँछु : प्रधानमन्त्री

प्रकाशित मिति :  17 December, 2023 2:08 pm


महोत्तरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमि र वनसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाइने बताएका छन्। महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण महोत्सव उद्घाटन गर्दै आइतबार प्रधानमन्त्री दाहालले भूमि र वनसम्बन्धी ऐन संशोधन प्रक्रिया सरकारले अघि बढाउने बताए।

‘यहाँबाट फर्केर गएपछि आजै भूमी ऐन संशोधन प्रक्रिया मैले अगाडि बढाउँदैछु। गौरीडाँडाजस्ता अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यसैगरी वनसम्बन्धी ऐन पनि संशोधन हुन्छ।’ वनसम्बन्धी ऐनका केही जटिलताका कारण विकास निर्माणका काममा अवरोध हुने गरेकोले वन ऐन पनि संशोधन गरिने उनले बताए।

‘नेपाली जनता र नेपाल राष्ट्रको आवश्यकताअनुसार वन ऐन पनि संशोधन प्रक्रिया अघि बढाउँदैछु,’ उनले भने, ‘वनसँगको साना प्राविधिक समस्याहरू फुकाएर छिट्टै यहाँ मेडिकल कलेजका निम्ति वा बहुप्राविधिक शिक्षालयलगायत काम उद्घाटन गर्न आउने मैले आशा गरेको छु।’

उनले तराई-मधेसमा आफ्नो ठूलो जिम्मेवारी रहेको पनि बताए। ‘सरकारले सामाजिक न्याय र सुशासन तथा समृद्धिका पक्षमा काम गर्दै आएको छ,’ उनले भने, ‘गठबन्धन सरकारबाट गर्न सक्ने काम गरेँ। राष्ट्रलाई अहित हुने काम गरिनँ।’

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी