"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भूमि र वनसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाउँछु : प्रधानमन्त्री

प्रकाशित मिति :  17 December, 2023 2:08 pm


महोत्तरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमि र वनसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाइने बताएका छन्। महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण महोत्सव उद्घाटन गर्दै आइतबार प्रधानमन्त्री दाहालले भूमि र वनसम्बन्धी ऐन संशोधन प्रक्रिया सरकारले अघि बढाउने बताए।

‘यहाँबाट फर्केर गएपछि आजै भूमी ऐन संशोधन प्रक्रिया मैले अगाडि बढाउँदैछु। गौरीडाँडाजस्ता अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यसैगरी वनसम्बन्धी ऐन पनि संशोधन हुन्छ।’ वनसम्बन्धी ऐनका केही जटिलताका कारण विकास निर्माणका काममा अवरोध हुने गरेकोले वन ऐन पनि संशोधन गरिने उनले बताए।

‘नेपाली जनता र नेपाल राष्ट्रको आवश्यकताअनुसार वन ऐन पनि संशोधन प्रक्रिया अघि बढाउँदैछु,’ उनले भने, ‘वनसँगको साना प्राविधिक समस्याहरू फुकाएर छिट्टै यहाँ मेडिकल कलेजका निम्ति वा बहुप्राविधिक शिक्षालयलगायत काम उद्घाटन गर्न आउने मैले आशा गरेको छु।’

उनले तराई-मधेसमा आफ्नो ठूलो जिम्मेवारी रहेको पनि बताए। ‘सरकारले सामाजिक न्याय र सुशासन तथा समृद्धिका पक्षमा काम गर्दै आएको छ,’ उनले भने, ‘गठबन्धन सरकारबाट गर्न सक्ने काम गरेँ। राष्ट्रलाई अहित हुने काम गरिनँ।’

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक

काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवाद एकतर्फी मात्र नभएको बताएका छन्।  उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको