"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संघीय संसदका १७ जना सांसद १० दिने चीन भ्रमणमा

प्रकाशित मिति :  18 December, 2023 3:07 pm


काठमाडौँ । संघीय संसदका सदस्यहरू चीन भ्रमणका लागि गएका छन्। १० दिने भ्रमणका लागि सोमबार सांसदहरूको टोली बेइजिङ प्रस्थान गरेका हुन्। नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली सोमबार दिउँसो १२:०५ बजे चीन भ्रमणका लागि गएको संघीय संसद सचिवालयले जनाएको छ। उनीहरू छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेका हुन्।

नेपाली कांग्रेस र नेकपा एमालेबाट पाँच/पाँच जना सांसद चीन गएका छन्। यस्तै माओवादीका तीन जना, रास्वपाका एक जना, राप्रपाका एक जना, जसपाका एक जना र नेकपा एकीकृत समाजवादीका एक जना सांसद चीन भ्रमणमा गएका हुन्। चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएका हुन्। चीनमा रहँदा टोलीले बेइजिङ, नानजिङ र गियाङ सहरसमेत भ्रमण गर्नेछन्।

कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा तथा नेकपा (एमाले) बाट दामोदर बैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने चीन गएका छन्। माओवादीबाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन् चीन गएका छन्। रास्वपाबाट प्रमुख सचेतक सन्तोष परियार, राप्रपाबाट अनिशा नेपाली, जसपाबाट प्रकाश अधिकारी र एकीकृत समाजवादीबाट प्रमुख सचेतक मेटमणि चौधरी चीन गएका हुन्।

भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला पनि सहभागी छन्। भ्रमण टोली पुस १४ गते स्वदेश फर्किनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको