"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संघीय संसदका १७ जना सांसद १० दिने चीन भ्रमणमा

प्रकाशित मिति :  18 December, 2023 3:07 pm


काठमाडौँ । संघीय संसदका सदस्यहरू चीन भ्रमणका लागि गएका छन्। १० दिने भ्रमणका लागि सोमबार सांसदहरूको टोली बेइजिङ प्रस्थान गरेका हुन्। नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली सोमबार दिउँसो १२:०५ बजे चीन भ्रमणका लागि गएको संघीय संसद सचिवालयले जनाएको छ। उनीहरू छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेका हुन्।

नेपाली कांग्रेस र नेकपा एमालेबाट पाँच/पाँच जना सांसद चीन गएका छन्। यस्तै माओवादीका तीन जना, रास्वपाका एक जना, राप्रपाका एक जना, जसपाका एक जना र नेकपा एकीकृत समाजवादीका एक जना सांसद चीन भ्रमणमा गएका हुन्। चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएका हुन्। चीनमा रहँदा टोलीले बेइजिङ, नानजिङ र गियाङ सहरसमेत भ्रमण गर्नेछन्।

कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा तथा नेकपा (एमाले) बाट दामोदर बैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने चीन गएका छन्। माओवादीबाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन् चीन गएका छन्। रास्वपाबाट प्रमुख सचेतक सन्तोष परियार, राप्रपाबाट अनिशा नेपाली, जसपाबाट प्रकाश अधिकारी र एकीकृत समाजवादीबाट प्रमुख सचेतक मेटमणि चौधरी चीन गएका हुन्।

भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला पनि सहभागी छन्। भ्रमण टोली पुस १४ गते स्वदेश फर्किनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी