"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाले नारायणगढदेखि बुटवलसम्म हिँडेरै दबाब यात्रा गर्दै

प्रकाशित मिति :  22 December, 2023 12:10 pm


नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्रा सुरू गर्ने भएको छ। पुस ९ गतेदेखि गैंडाकोटबाट दबाब यात्रा सुरू गर्ने रास्वपाले बताएको छ। रास्वपाले नारायणगढ बुटवल सडकखण्डको स्तरोन्नति पछिल्लो पटक निर्धारित समयमै सक्न दबाब दिने र सो सडकखण्डमा यात्रा गर्दा नागरिकले व्यहोर्नु परेको सास्ती र हैरानीप्रति ध्यानाकर्षण गराउने बताएको छ। यस्तै, सडक आसपासका स्थानीयसँग पनि रास्वपाले अन्तर्क्रिया गर्ने जनाएको छ। 

नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर हिँडेर नै रास्वपाले दबाब यात्रा गर्ने जनाएको छ। यात्राको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन्। यस्तै, सांसदहरू निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरू सहभागी हुने र सर्वसाधारणलाई पनि यात्रामा सहभागी हुन आह्वान गर्ने रास्वपाले जनाएको छ।

विसं २०७५ माघ २४ मा सम्झौता भएर ४२ महिनाभित्र एक सय १४ किलोमिटर सडक विस्तार सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का पाएको थियो। पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकको पूर्व खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्छ। सम्झौता भएको मितिले दुई महिनापछि विसं २०७५ चैत ८ गतदेखि सडक विस्तारको कामको सुरूआत भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। सिंहदरबारमा

काठमाडौं –  सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको अव्यवस्थित बस्ती हटाउन र व्यवस्थापन गर्न तयारी गरेको जनाएको छ। शुक्रबार मन्त्रालयमा बसेको विभिन्न

काठमाडौँ – सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले औद्योगिक लगानी प्रवर्धन र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै व्यापक नीतिगत,

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै