"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था अध्ययन गर्न उपसमिति गठन

प्रकाशित मिति :  28 April, 2026 5:29 pm


काठमाडौँ- संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति बैठकले राष्ट्रिय गौरवका आयोजनाको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न सांसद श्रीराम न्यौपानेको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरिएको समिति सभापति आशिष गजुरेललले जानकारी दिए।

उनले उपसमितिको प्रतिवेदनमा आधारमा आगामी दिनमा राष्ट्रिय गौरवका आयोजनाको अवस्थाका बारे सरोकारवाला निकायसँग प्रभावकारी ढंगले छलफल गर्न सहज हुने बताए।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले निर्माणधीन राष्ट्रिय गौरवका आयोजनाहरूको भौतिक तथा वित्तिय प्रगतिका बारेमा जानकारी गराएका थिए। उनले वित्तीय समस्या, निर्माण व्यवसायीको कार्य क्षमता र विद्यमान कानुनी व्यवस्थाका कारण आयोजनालाई समयमा नै सम्पन्न गर्न समस्या देखिएको बताए।

बैठकमा समिति सदस्यहरूले समितिको कार्यक्षेत्रभित्र पर्ने बिषयमा सम्बन्धीत मन्त्रालयका मन्त्रीहरुलाई समेत बोलाएर छलफल गर्नुपर्ने सुझाव दिएका थिए।
बैठकले सांसद राजेन्द्र राईको संयोजकत्वमा समितिको कार्यविधि मस्यौदा उपसमिति समेत गठन गरेको छ। उपसमितिलाई सात दिनभित्र प्रतिवेदन दिन समय दिइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने