"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बालकुमारी घटना छानबिनका लागि सरकारले उच्चस्तीय न्यायिक समिति बनाउने

प्रकाशित मिति :  31 December, 2023 6:41 pm


काठमाडौँ । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदारका शीर्ष नेतासँगको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उच्चस्तरीय न्यायिक छानबिन आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा टेबुल गराउन निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले छानबिन आयोगको अध्यक्ष पूर्वन्यायाधीश हुने पनि जानकारी गराएका छन्।

कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो। युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका थिए। त्यसपछि प्रहरीले आक्रोशित युवाहरूमाथि बल प्रयोग गरेको थियो।

भोलि सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ। उक्त बैठकले यसबारे निर्णय गर्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले भने, ‘भोलि बिहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्छ। आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने छ। प्रधानमन्त्रीले गृहमन्त्रीलाई आवश्यक तयारी गर्न निर्देशन पनि दिनु भएको छ।’

सत्तारुढ कांग्रेसको केन्द्रीय समिति बैठकले पनि उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन सरकारको ध्यानाकर्षण गराएको थियो। दुई युवाको ज्यान गएको यो घटनामा सरकार र गृहमन्त्रीको चौतर्फी आलोचना भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। उनले सरकारले सिफारिस गरेका ६ मध्ये एक सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन्।

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा