"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आईसीसी विश्वकप क्रिकेट लिग-२ : वर्षाले प्रभावित खेलमा ओमानसँग नेपाल पराजित

प्रकाशित मिति :  29 April, 2026 10:12 pm


काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ। ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाइरहेको अवस्थामा वर्षाका कारण खेल अवरुद्ध भयो। लामो समयसम्म वर्षा नरोकिएपछि डकवर्थ लुइस (डीएल) पद्धतिअनुसार नेपाल १०२ रनले पराजित घोषित भयो।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६० रनको संघर्षपूर्ण पारी खेले पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन्। उनले ६२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अन्य ब्याट्सम्यानमा कुशल भुर्तेल १, आसिफ शेख १९, भीम सार्की २८, कप्तान रोहित पौडेल १०, बसिर अहमद १ र आरिफ शेख १४ रनमा आउट भए। गुल्सन झा १४ र सोमपाल कामी २ रनमा अविजित रहे।

ओमानका लागि बलिङमा नदीम खानले ३ विकेट लिए भने शकील अहमदले २ विकेट हात पारे। वासिम अली र इम्रान मोहम्मदले समान १-१ विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको विशाल योगफल तयार गरेको थियो।

ओमानका कप्तान जतिन्दर सिंहले शतक प्रहार गर्दै ९६ बलमा १३० रन बनाए। उनले १५ चौका र ५ छक्का प्रहार गरे। अन्य खेलाडीमा आशिष ओडेरा २३, नदीम खान १, हम्माद मिर्जा ३०, विनायक शुक्ला २३, जितेन रामानन्दी ४३, शकील अहमद ० र आर्यन बिष्ट ३५ रनमा आउट भए।

सिद्धार्थ बुकापटनम १ र वासिम अली १२ रनमा अविजित रहे। नेपालका लागि बलिङतर्फ सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए। सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल शुक्रबार यूएईसँग खेल्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा