"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउनु निरर्थक : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  1 January, 2024 6:08 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी भाष्य बनाउने दुस्साहस भइरहेको बताएका छन् । उनले संसारमा मानव जातिले लोकतान्त्रिक  गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको दाबी गरे ।

राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले गणतन्त्रका पक्षधर दलहरूले जनतालाई गणतन्त्रको महत्व अनुभूति गराउन नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।

‘संसारमा मानव जातिले विकास गरेको सबैभन्दा उच्चतम राजनीतिक व्यवस्था भनेकै लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्रभन्दा राम्रो व्यवस्था अहिलेसम्म मानव जातिले विकास गरेकै छैन,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘त्यसकारण लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउनु निरर्थक छ । यो कुरालाई हामीले बुझ्न र बुझाउन सकिरहेका छैनौँ कि भन्ने लागिरहेको छ ।’

उनले गणतन्त्रको विकल्प गणतन्त्र र थप उन्नत गणतन्त्र मात्रै हुन सक्ने बताए । ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्रको विकल्प अझ विकसित लोकतन्त्र वा गणतन्त्र मात्रै हुनसक्छ । हामीले जनतालाई लोकतन्त्रको अनुभूति गराउन सकेनौँ कि भनेर हामीले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको मैले ठानेको छु,’ उनले भने ।

प्रधानमन्त्री दाहालले नेपालका सबैजसो नेताहरू कुनै न कुनै रूपमा बीपी कोइरालाबाट दीक्षित रहेको बताए । ‘हामी सबै कोही न कोही बीपी कोइरालाको स्कुलबाट दीक्षित भएर आएका छौँ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। उनले सरकारले सिफारिस गरेका ६ मध्ये एक सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन्।

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा