"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पाँचदलीय उच्चस्तरीय संयन्त्रको सुझाब, स्थानीय तहको निर्वाचन जेठमा गर्नु

प्रकाशित मिति :  30 January, 2022 12:19 pm


सुशासन नेपाल संवाददाता।

काठमाडौं, माघ १५ । पाँचदलीय उच्चस्तरीय संयन्त्रको बैठकले आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाब दिएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शनिबार साँझ बसेको संयन्त्रको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवामार्फत सरकारलाई सुझाब दिएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको बैठकले संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्ने तयारी गर्न पनि सुझाब दिएको छ। यसअघि तीन चरणमा भएको स्थानीय निर्वाचनलाई समेत मध्यनजर गर्दै संविधानसँग बाझिएका कानुनलाई मिलाएर सरकारले जेठभित्र निर्वाचन सम्पन्न गर्ने कार्कीले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको