"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पाँचदलीय उच्चस्तरीय संयन्त्रको सुझाब, स्थानीय तहको निर्वाचन जेठमा गर्नु

प्रकाशित मिति :  30 January, 2022 12:19 pm


सुशासन नेपाल संवाददाता।

काठमाडौं, माघ १५ । पाँचदलीय उच्चस्तरीय संयन्त्रको बैठकले आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाब दिएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शनिबार साँझ बसेको संयन्त्रको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवामार्फत सरकारलाई सुझाब दिएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको बैठकले संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्ने तयारी गर्न पनि सुझाब दिएको छ। यसअघि तीन चरणमा भएको स्थानीय निर्वाचनलाई समेत मध्यनजर गर्दै संविधानसँग बाझिएका कानुनलाई मिलाएर सरकारले जेठभित्र निर्वाचन सम्पन्न गर्ने कार्कीले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय