"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारका कारण अर्थतन्त्र ओरालो लागेको ओलीको आरोप

प्रकाशित मिति :  7 March, 2022 5:31 pm


पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप लागेको गुनासो गरेका छन् ।

सोमबार पोखरामा आयोजित कार्यक्रममा उनले सरकारले अर्थतन्त्र ध्वस्त बनाएको र परराष्ट्र सम्बन्ध पनि बिगारेको टिप्पणी गरे । ‘…अहिले देशको अर्थतन्त्र यस्तो हुँदा, परराष्ट्र सम्बन्ध बिग्रिँदा चुपचाप छन् । मानिलिऊ केही बिग्रिएकै छैन,’ उनले भने ।

आफू प्रधानमन्त्री हुँदा विरोधीले रुखबाट पात ओइलिएर झर्दा पनि विरोध गरेको ओलीले टिप्पणी गरे । ‘हामी सरकारमा भयौं भने हाम्रा विरोधीले रुखबाट एउटा ओइलिएको पात झरे पनि यो सरकारको कमजोरीले रुखबाट पातहरु झर्न थाल्याछन्, चैतको महिनामा रुखहरु हेर त उजाड भएका भनेर उधुम मच्छाउँछन्,’ उनले भने ।

सरकार संसदबाट बन्नुपर्ने भए पनि अहिलेको सरकार अदालतको आदेशमा बनेको ओलीले बताए । ‘पार्लियमेन्ट हो सरकार बनाउने थलो, त्यताबाट नसकेर मुद्दा जितेर सरकार ल्याउने भनेपछि डेमोक्रेसी किन चाहियो ? यो त सीमानाको झगडा भन्दा पनि मामुली भयो,’ ओलीले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको छ ।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसदहरू नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । आज

काठमाडौँ — सर्वोच्च अदालतले गगन थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार

काठमाडौँ- सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन भएका छन्। प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई