"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभा चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

प्रकाशित मिति :  14 January, 2024 12:39 pm


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा उम्‍मेदवारले खर्च गर्न पाउने हद तोकेको छ।  आइतबार आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनमा खर्च गर्न पाउने हदबारे जानकारी दिएका हुन्। 

उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमानवली, २०७६ को नियम ४६ (१) सँग सम्‍बन्धित अनुसूची-१ले ३ लाख ५० हजार रुपैयाँ सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ।

उम्मेदवारले उक्त खर्च मतदाता नामावली खरिद, सवारीसाधन, सवारी साधनको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तर्क्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोग प्रवक्ता पौडेलले बताए। खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोलेर त्यही खाताबाट मात्रै खर्च गर्न पनि आयोगले निर्देशन दिएको छ।

निर्वाचन सम्पन्न भएपछि ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्न समेत आयोगले निर्देशन दिएको हो। माघ ११ गते हुने निर्वाचनका लागि आठ दलका तर्फबाट ५२ जना उम्मेदवार छन‍्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी