"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रको समस्या प्याकेजमै सम्बोधन : प्रधानमन्त्री

प्रकाशित मिति :  22 January, 2024 5:27 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू समाधन गर्न प्याकेज नै ल्याउने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले छिट्टै चिकित्सा शिक्षा आयोगको बैठक बस्ने बताए ।

‘नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सीटीईभीटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ,’ उनले भने,‘त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ ।’ स्वास्थ्य क्षेत्र र नर्सिङ क्षेत्रका समस्याबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘आयोगको बैठक बसेर हामी अध्ययन समिति नै बनाएर त्यसबारे व्यवस्थित काम गरौं, त्यसका राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाऔं,’ उनले भने ।

ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्ने भन्दै उनले ऐनले खोलेको बाटोको आधारमा सक्दो सम्बोधन असहले गर्न तत्परता हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘ऐनमा भएको व्यवस्था लागू गर्न हामी चुक्नु भएन । अहिले भएको साधनस्रोतका आधारमा गर्नसकिने कामहरू कार्यतालिका बनाएर गरौं,’ उनले भने ।

बैठकमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, नर्सिङ काउन्सिलका रजिष्टार शुक्ला खनाल लगायत उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल