"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आगामी बजेटमा अधुरा आयोजनाको निर्माण कार्यमा जोड हुन्छ : प्रधानमन्त्री

प्रकाशित मिति :  24 January, 2024 11:06 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाको निर्माण कार्य सम्पन्न गर्नमा जोड दिइने बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने बताए । 

पुराना योजना अलपत्र पर्ने, तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन प्रधानमन्त्रीले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराए । ‘विकास भनेको योजनाबद्ध हुन्छ, हुनुपर्छ । विनासम्भाव्यता अध्ययन, विनाउपयोगिता जहाँ पनि विकास माग्ने, तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र विनियोजित बजेट पनि फ्रिज हुने विडम्बना छ । त्यसबाट हामी माथि उठ्नैपर्छ,’ बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन । विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ ।’

अर्थतन्त्रका सूचकहरू सकारात्मक भए पनि दबाबमुक्त नभइसकेको उनले बताए । आगामी बजेटबाट देशको समृद्धिको कार्यभार पूरा हुने गरी ‘ब्रेक थ्रु’ गर्नुपर्ने आवश्यकता उनले औँल्याए । प्रधानमन्त्रीले आगामी वर्ष र तीन वर्षका लागि स्रोतको अनुमान गरी सिलिङलाई अन्तिम रूप दिने, त्यसअघि योजना आयोग र अर्थ मन्त्रालयले सबै मन्त्रालयसँग घनीभूत छलफल गर्ने, हाल कार्यान्वयनमा रहेका आयोजनाहरू सम्पन्न हुने गरी बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा योजनाका लागि बजेट राख्नेलगायतका धारणा राखेका थिए । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक

काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवाद एकतर्फी मात्र नभएको बताएका छन्।  उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको