"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेविसंघ सभापति र महामन्त्रीमा को को छन् आकांक्षी ?

प्रकाशित मिति :  11 March, 2022 10:46 pm


काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को फागुन मसान्तभित्र तदर्थ समिति गठन चर्चासंगै सभापति र महामन्त्रीहरुको आकांक्षीहरूको चर्चा चुलिएको छ ।

बैठकले निर्णयका क्रममा नेपाल तरुण दल र नेविसंघमा उमेरहद कार्यान्वयन गर्ने निर्णयसमेत गरेका थियो। विधानमा नेविसंघको हकमा ३२ वर्षे उमेरहद कायम गरिएको छ। कार्यसम्पादन बैठकले आवश्यक परामर्श गरी तदर्थ समिति गठनको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।

गत फागुन ३ मा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले महाधिवेशन हुन नसकेका नेविसंघसहित १० भ्रातृ संस्थाको केन्द्रीय समिति विघटन गरी तदर्थ समिति गठनको निर्णय गरेको थियो ।

देउवानिकट स्रोतका अनुसार सभापति देउवाले उमेरहद लागू भए पनि निर्वाचनका समयमा असन्तुष्टि कम गर्न ३२ वर्षभन्दा कम र बढी दुवै उमेर समूहकालाई समेटेर जम्बो तदर्थ समिति बनाउने तयारी गरिरहेका छन्। यससँगै तदर्थ समितिमा संस्थापन र इतर समूहबाट विद्यार्थी नेताहरूको नाम चर्चामा आउन थालेको छ।

सभापतिमा को–को छन् आकांक्षी ?


हाल सभापतिमा चर्चामा रहेका नामहरूमा संस्थापन समूहबाट हिमांक भण्डारी,डुजाङ शेर्पा, प्रेमराज जोशी, प्रेम शाही ठकुरी, सुमन केसीलगायतका विद्यार्थी नेताहरू छन् । अर्का, नेता कृष्णप्रसाद सिटौलानिकट विद्यार्थी नेता सुशील भट्ट र नवराज त्रिपाठीको नाम पनि नेविसंघ सभापतिको रूपमा चर्चामा रहेको छ।

यस्तै, संस्थापनइतर समूहबाट अध्यक्षमा सागर परियार, शिव रिमाललगायतको नाम चर्चामा छ। त्यस्तै, नेविसंघको नेतृत्वमा छात्रा ल्याउनुपर्ने माग पनि उठेको छ। महिला नेतृहरूले पनि आफूहरूलाई नेतृत्व दिन दबाब दिइरहेका छन्।

महिला नेतृत्वको नाम चर्चामा रहनेहरूमा पूर्वकेन्द्रीय सदस्यहरूमा संस्थापनबाट गीता गु?ङ र पुनम भट्ट भट्टराई छन्। संस्थापनइतरबाट प्रेमिका रानामगर र एलिजा ढकालको दाबी छ ।


महामन्त्रीमा को को हुन आकांक्षी ?


महामन्त्रीमा पनि आकांक्षीका रूपमा नेताहरूले आफूलाई प्रस्तुत गर्न थालेका छन्। संस्थापनबाट प्रभाशाली केन्द्रीय सदस्य एवं पुर्व कार्यबाहक सभापती गोपालमान श्रेष्ठ निकट महामन्त्रीमा त्रिचन्द्रका नेविसंघ नेता नारायण पाण्डे मुख्य चर्चामा छन् । संस्थापनइतर समूहबाट ताराबहादुर थापा, भुवन भट्ट, पुनम गन्दर्भले आफूलाई महामन्त्रीको आकांक्षीको रूपमा प्रस्तुत गरेका छन् ।

समयमा महाधिवेशन नहुँदा कांग्रेस भ्रातृ संस्थाबाट उत्पादन हुने नेतृत्व डम्प हुँदै आएको विद्यार्थी नेताहरू बताँउछन्। यही विषयलाई लिएर विद्यार्थी नेताहरूसमेत विभाजित बनेका छन् । लामो समय महाधिवेशन नहुँदा नेविसंघको राजनीतिमा क्रियाशील ३२ वर्ष उमेरहद काटेकाहरूको राजनीतिक भविष्यलाई समेत नेतृत्वले समेट्नुपर्ने दबाब पनि नेतृत्वसामु छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने