"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्डले खुलाए कांग्रेससँग सम्बन्ध तोड्नुका यी कारण [भिडियोमा हेर्नुहोस]

प्रकाशित मिति :  7 March, 2024 6:42 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणबारे प्रतिनिधि सभाको बैठकलाई जानकारी गराएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री  प्रचण्डले कांग्रेससँग सम्बन्ध तोड्नुका विभिन्न कारण सुनाएका छन् र नयाँ समीकरण पनि जोखिमपूर्ण रहेको बाेध भएको बताएका छन् ।

सुरुमा प्रधानमन्त्री प्रचण्डले अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति प्रचण्डका रूपमा कुनै समस्या या अप्ठ्यारोमा नरहेको बताए । ‘अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रूपमा म कुनै समस्या या अप्ठ्यारोमा थिइनँ, न प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसको नेतृत्व र मबीच व्यक्तिगत अविश्वास पनि केही थिएन’ उनले भने ।

टिकिरहनु मात्रैलाई स्थायित्व मान्न नसकेर गठबन्धन तोडेको भन्दै उनले उल्लेख गरेका छन्, ‘टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि थिएन ।’

तथापि, उनले करिब एघार महिना साथ र सहकार्यप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति आभार प्रकट गर्दै राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरू निर्णायक हुने बताए । ‘अहिले पनि हाम्रो निजी सम्बन्धमा कम्तिमा मेरा तर्फबाट उत्ति नै सद्भाव छ । तर, राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरू निर्णायक हुँदा रहेछन् । अघिल्लो गठबन्धनमा पनि त्यही भयो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

भिडियोमा हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता