"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता गठबन्धनले बनायो न्युनतम साझा कार्यक्रम तय गर्न संयन्त्र

प्रकाशित मिति :  10 March, 2024 5:00 pm


काठमाडौं । सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले दश सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ । सत्तामा सहभागी पाँच दलबाट २/२ हुने गरी संयन्त्र बनाइएको छ ।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भूसाल र प्रमेश हमाल सम्मिलित राजनीतिक संयन्त्र गठन गरिएको छ ।

कार्यदलको पहिलो बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको छ । सबै दलबाट आएका धारणा समेटेर सरकारका प्राथमिकता तय गर्न मस्यौदा बनाउने जिम्मेवारी एमाले नेता विष्णु रिमाललाई दिइएको रास्वपा महामन्त्री ढकालले जानकारी दिए ।

पाँच वटै पार्टीबाट आएका धारणा समेटेर मस्यौदा तयार गर्न रिमाललाई जिम्मेवारी दिइएको ढकालले बताए । ‘लिखित रुपमा सबै पार्टीले उहाँ (विष्णु रिमाल)लाई पार्टीगत धारणा दिन्छौं । उहाँले मस्यौदा पर्सीको बैठकमा पेश गरेपछि अन्तिम रुप दिन्छौं,’ ढकालले भने ।

सरकारका कार्यलाई प्रभावकारी बनाउनु प्राथमिकता विषयहरु समेटेर कार्यदलले प्रतिवेदन तयार गर्ने ढकालले जानकारी दिए । अघिल्लो पुस १० मा बनेको सरकारले तयार गरेको न्युनतम साझा कार्यक्रमहरु र हालको समय अनुसार परिमार्जित प्रतिवेदन तयार हुने संयन्त्रले जनाएको छ । बैठक मंगलबार पुन बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ — गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई