"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमसिसी फेल भयो भने राजीनामा दिन्छु : प्रचण्ड

प्रकाशित मिति :  २९ फाल्गुन २०७८, आईतवार १२:२७


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे थप छलफल पार्टीले स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने बताएका छन्।

एमसिसी माओवादीको पनि समर्थनमा प्रतिनिधि सभाबाट अनुमोदन भइसकेको छ तर माओवादीभित्र केही नेताहरूले यसको विरोध भने जारी नै राखेका छन्।

प्रचण्डले एमसिसीबारे अब स्थानीय चुनावपछि मात्रै छलफल चलाइने बताए।

आज प्रदेश नम्बर १ को पार्टी प्रशिक्षणका लागि विराटनगर पुगेका प्रचण्डले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै भने, ‘स्थानीय चुनावपछि एमसिसीबारे फेरि छलफल गर्छौं।’

त्यसबेला एमसिसीबारे छलफल गर्दा पार्टीबाट फेल भयो भने के गर्ने भन्ने पत्रकारको अर्को प्रश्नको जवाफमा प्रचण्डले फेल भए पार्टीबाट राजीनामा दिने बताए। ‘फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुस्,’ उनले भने।

आठौं राष्ट्रिय सम्मेलनबाट प्रचण्ड पार्टी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए।

साथै व्याख्यात्मक घोषणासहित माओवादीलगायत दल एमसिसी अनुमोदन गर्न तयार भएका थिए। एमसिसीले यसबीचमा केही तरंग पनि ल्याएको उनले बताए।

‘व्याख्यात्मक घोषणासहित सम्झौताकै अंगका रूपमा प्रतिनिधि सभाले पारित गरेपछि अहिलेलाई यो समस्याको समाधान निस्केको छ। यदी यो व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा कतै मिनिमाइज गरियो भने फेरि त्यो विषय आन्दोलनको विषय हुन सक्छ,’ उनले भने, ‘यद्यपी हाम्रो पार्टीभित्र एमसिसीबारे एकै मत छैन। चुनावसम्म यो विषयलाई एउटा अपिलमार्फत् एउटै भाषा बनाउने र निर्वाचनपछि फेरि छलफल चलाउने भन्ने छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत

काठमाडौँ – रङहरूको उत्सव होली पर्व आज (बिहीबार) पहाडमा उल्लासपूर्वक मनाइँदै छ । पहाडमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने चलन छ ।

काठमाडौं – वर्तमान सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसद्‌मा उठेको छ । बुधबार प्रतिनिधिसभामा सुशासन प्रवर्द्धन

काठमाडौं – काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले