"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीलाई मन्त्रीहरूले प्रत्येक दिन कामको ब्रिफिङ गर्नुपर्ने

प्रकाशित मिति :  4 April, 2024 7:07 pm


काठमाडौँ । सरकारका मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरिएको बताएका छन् । 

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री दाहालले प्रत्येक मन्त्रीले हरेक दिन ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी गराएका हुन् ।

‘मन्त्रिपरिषद्को आजको बैठकले सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधनमन्त्रीलाई गर्नुपर्ने निर्णइ भएको छ । प्रत्येक दिन बेलुका दिनभरी गरेकामध्ये ठूलो र राम्रो कामको ब्रिफिङ गर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्रीले भने, ‘यो निर्णयले सबै मन्त्रीलाई पनि काम गर्न बल पुग्छ । मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ ।’

पछिल्लो समय कर्मचारीहरूले काम गर्न नमान्दा समस्या देखिएको हो कि भन्ने स्थिति आएको बताउँदै त्यसको अन्त्य गर्नका लागि काम भइरहेको प्रधानमन्त्रीले बताए ।

राजनीतिक नेतृत्व र कर्मचारीले एकअर्कालाई साथ र सहयोग नगरेमा कोही पनि सफल नहुने भन्ने कुरा मन्त्रिपरिषद्मा भएको बताउँदै प्रधानमन्त्रीले प्रत्येक मन्त्रीले हरेक दिनका कामको ब्रिफिङ गर्नुपर्ने निर्णय गरिएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद