"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा कुनै निर्णय भएको छैन : गगन थापा

प्रकाशित मिति :  14 March, 2022 2:22 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन्। आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरू हुने थापाले बताए।

प्रेस युनियन सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्। ‘कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ। यो नेपालको आवश्यकता हो,’ उनले भने, ‘यो गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन।’

उनले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भने, ‘त्यति बेला तत्कालिन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो। दुईवटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव गरायौँ तर हामी चुनावमा तालमेल नगरी एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लड्यौँ।’

उनका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरू भएको छ। महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो साताभित्र निर्णय हुने स्पष्ट पारे।

अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उनले बताए। महामन्त्री थापाले कांग्रेस पार्टीभित्र भागबण्डाको अन्त्य गर्न खोजेको बताए। पार्टीभित्र हुने भागबण्डाको प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको उनको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने