"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्तारुढ गठबन्धन निर्वाचनमा मिलेर जाने सहमति

प्रकाशित मिति :  14 March, 2022 10:28 pm


काठमाडौं । राष्ट्रिय स्तरमा सत्तारुढ दलहरुबीच चुनावमा गठबन्धन गरेर जाने किन नजाने भनेर सहमति कायम भएको छैन तर अर्घाखाँचीमा रहेका सत्तापक्षीय दलहरुले आगामी निर्वाचनमा मिलेरै जाने उद्घोष गरेका छन् ।

सन्धिखर्कमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धन पक्षधर राजनीतिक दलहरुले स्थानीय, प्रदेशदेखि संघीय निर्वाचनसम्म एकतावद्ध बन्ने र मिलेरै निर्वाचन लड्ने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी, राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर विसी, नेकपा एकीकृत समाजवादीका नेता राम बहादुर चौहान लगायतका राजनीतिक दलका नेताहरुले आगामी निर्वाचनमा संगै जाने स्पष्ट पारेका हुन् । 

प्रतिगमनविरुद्ध आफूहरुले संघै संघर्ष गरेको भन्दै सत्तापक्षीय राजनीतिक दलहरुले प्रतिगमनलाई साँच्चै परास्त गर्नका लागि आफूहरु एक भएर निर्वाचनमा होमिन तयार रहेको जनाएका हुन् ।

एमाले सचिव टोप बहादुर रायमाझीको प्रभावक्षेत्र मानिएको अर्घाखाँचीमा गठबन्धन कायम रहेको अवस्थामा रायमाझीलाई जित्न निकै कठिन हुने बताइएको छ । यद्यपी यतिवेला अर्घाखाँचीका गाउँ गाउँमा संगठन निर्माणमा सक्रिय रहेका रायमाझीले आफुहरु एक्लै पनि भिड्न तयार रहेको बताउने गरेका छन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने