"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय तहमा ६० देखि ७० प्रतिशतसम्म जित्ने ओलीको दाबी

प्रकाशित मिति :  15 March, 2022 6:03 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशतमा एमालेले जित्ने दाबी गरेका हुन् ।

उनले एमालेलाई निर्वाचन जित्नका लागि कसैको बैशाखी टेक्नु नपर्ने भन्दै चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्ने पनि बताए । ‘हामीले यसको बैशाखी टेक्नुपर्छ, यो ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिँड्न सक्छौं भन्ने होइन । हामी चुनाव लड्न सक्छौं । हामी मज्जाले जित्न सक्छौं, उनले भने, ‘हामी ६० देखि ७० प्रतिशत स्थानीय तहमा निर्वाचन जित्न सक्छौं ।’

केही केही ठाउँमा हार्न पनि त तयार हुनुपर्ने भन्दै ओलीले राजनीतिको प्रतिस्पर्धाको निर्णायक थलो जनताको अभिमत रहेको उल्लेख गरे । अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्ति बीचको दुई ध्रुवमा रहेको बताए । उनले सत्ता गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गरेको आरोप लगाउँदै आफूहरु भने जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको जिकिर गरे ।

अध्यक्ष ओलीले एमालेबाट फुटेर जानेहरु पतित भएको संज्ञा दिए । उनले स्थानीय तहको निर्वाचन अगाडि पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्दै गाउँ र टोल कमिटीसम्म संगठन विस्तार गर्न नेता, कार्यकर्तालाई निर्देशन दिए ।

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचन मिति तय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने