"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टी-२० विश्वकप खेल्न नेपाली टोली अमेरिकातर्फ प्रस्थान

प्रकाशित मिति :  5 May, 2024 1:03 pm


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ मा भाग लिन नेपाली टोलीको एक समूह शनिबार राति अमेरिका प्रस्थान गरेको छ। अर्को एक समूह आइतबार अमेरिकातर्फ प्रस्थान गर्दैछ।

नेपालले अमेरिकाको मायमीमा विश्वकपको अन्तिम तयारी यहिँ सातादेखि सुरू गर्नेछ। त्यहाँ  तयारी गरेपछि नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिसेन्ट जाने कार्यक्रम छ। सेन्ट भिसेन्टमा अभ्यास गरेपछि नेपाली टोली फेरि अमेरिका आउनेछ। 

यसपटक नेपालले विश्वकपका लागि पर्याप्त तयारी गर्ने अवसर पायो। नेपालले विश्वकपका लागि भनेर २५ वटा टी-२० खेल खेल्यो।  जसमा नेपालले १५ खेलमा जित निकाल्दा ११ खेलमा भने हार बेहोर्‍यो। एक खेलमा नजिता आएन। 

सुरुमा नेपालले घरेलु मैदानमा टी-२० विश्वकप २०२४  खेल्ने टोलीद्वय नामिबिया र नेदरल्यान्ड्ससँग सिरिज खेल्यो। जसमा नेपालले सुरूवाती दुई खेल हार्दा पछिल्ला दुई खेल जित्दै फाइनलमा स्थान पक्का गर्यो। नेदरल्यान्ड्सविरूद्धको फाइनल खेलमा भने नेपाल पराजित भयो। 

त्यसपछि नेपालले हङकङमा पपुवा न्युगिनीलाई जित्यो। तर हङकङविरुद्धको समूह चरणको खेल र पपुवा न्युगिनीविरूद्धको फाइनल खेलमा पराजय भयो। त्यसअघि नेपाल र हङकङबीको पहिलो खेलमा वर्षाले अवरुद्ध भएको थियो। 

हङकङ भ्रमणपछि घरेलु मैदानमा आयरल्यान्ड्स ए विरुद्धको दुई खेल जितेर नेपालले भारतको रणजी टोलीसँग सिरिज खेल्यो। आइपिएल २०२४ चलिरहेको अवस्थामा टोलीमा भारतका राम्रा खेलाडी भने समावेश थिएनन्। सो सिरिजमा समूह चरणमा बरोडासँग पराजित भएको नेपालले गुजरातसँगको फाइनलसहित बाँकी चार खेलमा जित निकाल्यो। 

त्यसपछि ओमानमा भएको एसिसी प्रिमियर कपमा नेपालले समूह चरणमा चार खेल जित्यो। तर सेमिफाइनलम युएई र तेस्रो स्थानको खेलमा हङकङसँग हार बेहोर्‍यो।  ओमानबाट फर्किएपछि नेपालले वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको सिरिज खेल्यो। जहाँ नेपालले पहिलो र अन्तिम खेल जित्दा बीचको तीन खेलमा भने पराजय भोग्यो।

यसरी तीन महिनाको बीचमा २५ खेल खेलेपछि नेपाल विश्वकपका लागि अमेरिका पुग्दैछ। २५ खेलमा नेपालले २० भन्दा बढी खेलाडीलाई खेलाएको थियो। जसमा १३ खेलाडीमा कुनै परिवर्तन भएन। विश्वकप छनोट नखेलेका सागर ढकाल र कमलसिंह ऐरीसहित १५ सदस्यीय टोली विश्वकपमा सहभागी हुँदैछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ। ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट