"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन गर्नुहुँदैन: महामन्त्री थापा

प्रकाशित मिति :  17 March, 2022 11:06 pm


काभ्रे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन गर्नुहुँदैन भन्ने पक्षमा आफू रहेको बताएका छन् । ५ वर्षका लागि जनतासँगै मौका माग्ने भन्दै थापाले नेपाललाई मान्छे बेच्नेको देशबाट सामान बेच्नेको देश बनाउने बताए । उनले ‘हामी यहाँ छौं’ भन्नेलाई कांग्रेसले उद्धार गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीलाई गाडीको संज्ञा दिँदै उनले आन्तरिक झगडाका कारण गन्तव्यमै नपुगी गाडी दुर्घटना गराएपछि भिरपाखामा ‘हामी यहाँ छौं’ भनेर कराइरहेकाहरूलाई कांग्रेसले उद्धार गरेको बताए । नेपाली कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको पार्टी प्रवेश तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कम्युनिष्ट पार्टीले भ्रमको व्यापार गरिरहेकोसमेत आरोप समेत लगाए । थापाले कम्युनिष्ट पार्टीमा दोहारो चरित्र देखिएको उनको भनाई थियो ।

सरकारमा र प्रतिपक्षमा रहँदा एउटै विषयमा देखिएको फरक–फरक भूमिका र सरकारमै रहेर देखाएको दोहोरो चरित्रले भ्रम र भयको व्यापार गरिरहेको स्पष्ट हुने महामन्त्री थापाको तर्क छ । आगामी निर्वाचनमा उनीहरूको दोकान कांग्रेसले बन्द गर्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने