"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन गर्नुहुँदैन: महामन्त्री थापा

प्रकाशित मिति :  17 March, 2022 11:06 pm


काभ्रे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन गर्नुहुँदैन भन्ने पक्षमा आफू रहेको बताएका छन् । ५ वर्षका लागि जनतासँगै मौका माग्ने भन्दै थापाले नेपाललाई मान्छे बेच्नेको देशबाट सामान बेच्नेको देश बनाउने बताए । उनले ‘हामी यहाँ छौं’ भन्नेलाई कांग्रेसले उद्धार गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीलाई गाडीको संज्ञा दिँदै उनले आन्तरिक झगडाका कारण गन्तव्यमै नपुगी गाडी दुर्घटना गराएपछि भिरपाखामा ‘हामी यहाँ छौं’ भनेर कराइरहेकाहरूलाई कांग्रेसले उद्धार गरेको बताए । नेपाली कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको पार्टी प्रवेश तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कम्युनिष्ट पार्टीले भ्रमको व्यापार गरिरहेकोसमेत आरोप समेत लगाए । थापाले कम्युनिष्ट पार्टीमा दोहारो चरित्र देखिएको उनको भनाई थियो ।

सरकारमा र प्रतिपक्षमा रहँदा एउटै विषयमा देखिएको फरक–फरक भूमिका र सरकारमै रहेर देखाएको दोहोरो चरित्रले भ्रम र भयको व्यापार गरिरहेको स्पष्ट हुने महामन्त्री थापाको तर्क छ । आगामी निर्वाचनमा उनीहरूको दोकान कांग्रेसले बन्द गर्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको