"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा, नाउपालाई पर्यटन मन्त्रालय दिने आश्वासन

प्रकाशित मिति :  3 June, 2024 7:52 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । दाहालले सरकारलाई समर्थन दिएर बाहिर रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल गराउने गरी मन्त्रिपरिषद्‌मा हेरफेर गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी गरेको उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।

‘प्रधानमन्त्रीज्यूसँग कुराकानी भएको छ । उहाँले हामीलाई पनि समेटेर मन्त्रिपरिषद् हेरफेर गर्ने भन्नुभएको छ,’ अध्यक्ष श्रेष्ठले ईकान्तिपुरसँग भनिन्, ‘प्रधानमन्त्रीले हामीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिने वचन दिनुभएको छ ।’

हाल सो मन्त्रालयमा माओवादी केन्द्रका हितबहादुर तामाङ मन्त्री छन् । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर नागरिक उन्मुक्तिलाई सरकारमा समावेश गर्न लागेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीमा रेमश चौधरी र रञ्जिता श्रेष्ठ समूहबीच विवाद छ । श्रेष्ठ पहिले वर्तमान सरकारको समर्थनमा छिन् । चौधरी भने विपक्षी गठबन्धनमा छन् । सुदूरपश्चिममा चौधरीको प्रभाव छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक