"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल

प्रकाशित मिति :  11 June, 2024 1:09 pm


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा मंगलबारदेखि विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल सुरु भएको छ। पहिलो दिन युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची छ।

बजेटका विषयमा छलफल सुरु भए पनि प्रतिनिधिसभाका अधिकांश कुर्सी रित्ता छन्। सांसदहरूको उपस्थिति पातलो भएकाले कुर्सी खाली देखिएका हुन्। अधिकांश सा‌ंसदहरू हाजिर गर्दै बाहिरिँदै गरेको संसद् सचिवालयका कर्मचारीहरूले बताए।

संसद्‌मा आइतबारदेखि नै विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि छलफल हुने भनिए पनि सरकारले सांसदहरूलाई बजेट पुस्तिका उपलब्ध नगराएको भन्दै आइतबार र सोमबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी