"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देउवालाई ओलीको कटाक्ष : सूर्यमा भोट हाल्नुहोस् !

प्रकाशित मिति :  ५ चैत्र २०७८, शनिबार १५:०९


फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावबाटै पार्टीले प्रादेशिक र संघीय चुनावको झलक दिने बताएका छन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले अहिले पनि प्रथम पार्टी भएकाले चुनावमा जाँदा राम्रा कामको प्रचार गर्नुपर्ने बताएका हुन् ।

सम्बोधनमा सत्तारुढ गठबन्धनप्रति लामो समय कटाक्ष गरेका ओलीले अहिलेको गठबन्धनलाई ‘जनताको आँगनमा पछारिदिने’ पनि बताए । उनले भने, ‘यो गठबन्धन त केही पनि होइन, यो जनताले बनाएको हो र ? यो त अदालतले बनाइदिएको हो । यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । मुद्दा जितेर आएको सरकारलाई मुद्दा लड्न जा भन्दिने हो । यिनीहरू झगिडया हुन् । झगडियाको काम मुद्दा लड्ने हो ।’

त्यस्तै कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ । कांग्रेसप्रति आक्रामक हुँदै ओलीले भने, ‘कांग्रेसले अघिल्लो सरकारको भण्डाफोर गर्ने रे । कांग्रेसले जे पायो त्यही बोल्छ उसको यो पुरानो बानी हो । तपाईं हामीले सुनेका छौं ६० वर्षमाथिका बूढाबूढीलाई कम्युनिस्ट सरकार बन्यो भने गोली हानेर मार्छ भन्थे । अब बूढाबूढीको छेउमा कांग्रेस जाओस् त ।’

वृद्धभत्ता ४ हजार रुपैयाँ पुर्‍याउनु आफ्नो सरकारको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै ओलीले भने, ‘शेरबहादुर देउवा आफै कांग्रेसमा किन छन् भन्दा बूढो भएर पनि कांग्रेसमा शेरबहादुर देउवा किन छन् भन्दा उनलाई ४ हजार भत्ता के गर्नु ? छँदैछ । त्यसकारण छन् नत्र शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे । शेरबहादुरजीलाई म भन्न चाहन्छु, कम से कम ज्येष्ठ नागरिक हो तपाईं लौरो टेकेर भए पनि सूर्य चिह्नमा भोट हाल्नुहोस्, अरुले नदेख्ने गरी भए पनि । कम्तीमा जीवनमा एउटा पुण्य कमाउनुहुन्छ । हामीले राम्रा कामहरू गरेका छौं, त्यसलाई जनतामाझ लिएर जानुपर्छ ।’

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ। शनिबार बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार

काठमाडौँ – चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत

काठमाडौँ – रङहरूको उत्सव होली पर्व आज (बिहीबार) पहाडमा उल्लासपूर्वक मनाइँदै छ । पहाडमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने चलन छ ।

काठमाडौं – वर्तमान सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसद्‌मा उठेको छ । बुधबार प्रतिनिधिसभामा सुशासन प्रवर्द्धन