"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री मोदीसँग दुई देशबीचका सन्धि सम्झौता कार्यान्वयनबारे कुरा भयो : प्रधानमन्त्री [भिडियो हेर्नुहोस]

प्रकाशित मिति :  20 June, 2024 3:42 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्रीसँग विगतमा दुई देशबीच भएका सन्धि र सम्झौताको प्रभावकारी कार्यान्वयनबारे छलफल भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री दाहालले त्यस क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र अन्य क्षेत्रका व्यक्तिहरूसँग भएका छलफलबारे बताएका हुन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्यान्ड र जर्मनी भ्रमणको वियमा जानकारी गराएका हुन् ।

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका क्रममा मोदीसँग विभिन्न विषयमा छलफल भएको बताए । ‘मोदीसँगको भेटघाटमा नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउने, दुई देशबीच विगतमा भएका सन्धि-सम्झौताको प्रभावकारी कार्यान्वयन, सबै दुई पक्षीय संयन्त्रहरू, यसमा सीमा सम्बन्धी संयन्त्र पनि पर्छ, संयन्त्रहरूको बैठक सुचारु गर्ने, पंचेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्य गर्नेबारेमा गम्भीर छलफल भएको थियो,’ प्रधानमन्त्री दाहालले भने ।

भिडियो हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष