"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले सिफारिस गरेका ५ वटा अध्यादेश जारी नगर्न प्रतिपक्षी दलहरूले गरे राष्ट्रपतिलाई आग्रह

प्रकाशित मिति :  29 April, 2026 9:47 pm


काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

आज प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दल कार्यालयमा राखेको प्रतिपक्षी दलहरूको बैठकले सरकारले पेस गरेका अध्यादेशहरू जारी नगर्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको हो। प्रतिपक्षी दलहरूको बैठकमा कांग्रेस संसदीय दल नेता आङ्देम्बे, प्रमुख सचेतक बासना थापा, नेकपा एमालेका संसदीय दल नेता रामबहादुर थापा बादल, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी सांसद सरस्वती लामा सहभागी थिए।

बैठकका निर्णय सुनाउँदै कांग्रेस संसदीय दल नेता आङ्देम्बेले भने, ‘राष्ट्रपतिसमक्ष सिफारिस भई गएका अध्यादेशहरू संसद छल्ने उद्देश्यका साथ सिफारिस भई आएका हुनाले स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष हार्दिक अनुरोध गर्दछौं।’ प्रतिपक्षी दलहरूले स्थगन गरिएको संघीय संसदको दुवै सदनको अधिवेशन अविलम्ब आह्वान गर्न पनि आग्रह गरेका छन्।

नेपाल सरकारले वैशाख १४ गते संवैधानिक परिषद, सहकारी तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको पाइएको आङ्देम्बेको भनाइ छ।

‘संसद आह्वान गरिसकेपछि स्थगन गरी यसरी अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएकोले हामी घोर विरोध, भर्त्सना र निन्दा गर्दछौं,’ निर्णय सुनाउँदै उनले भने, ‘ती अध्यादेश फिर्ता लिन सरकारसँग माग गर्दछौं।’

आजको प्रतिपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टीका प्रतिनिधि सहभागी थिएनन्। यसबारे सोधिएको प्रश्नमा आङ्देम्बेले भने, ‘उहाँहरूले उपसभामुख बिरामी हुनुभएको र सबै सांसद अस्पताल आएको जानकारी गराउनुभएको छ। अर्को बैठकमा आउनुहोला।’

684241478_1342947851303241_1772270525681568989_n-1777452120.jpg

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताएका छन्। पार्टी केन्द्रीय नीति, अनुसन्धान

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण दिँदै छ । रास्वपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई

काठमाडौं – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश नियत संवैधानिक परिषद्को निर्णयमा प्रकट भएको