"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् विधायन मात्रै होइन, राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र हो : सभामुख

प्रकाशित मिति :  30 June, 2024 3:26 pm


पूर्वसांसद मञ्च नेपालको आयोजनमा आईतबार भएको ६६ औ संसद दिवस कार्यक्रम तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र भएको बताएका छन् ।आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।

संसद्लाई विधायन निर्माण गर्ने ठाउँको रूपमा मात्रै बुझ्न नहुने बताए । संसद्को कूटनीतिले मात्रै जनताका भावना एक ठाउँमा ल्याउन सकिने उनको भनाइ छ । सभामुख घिमिरेले संसदीय कूटनीतिले देशलाई ठिक दिशामा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताए । सरकार पनि संसदबाटै निर्देशित हुने भन्दै संसद्ले लिने अठोट र भूमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताए।

संसद्ले जनताको हृदयमा संसदीय कूटनीतिलाई स्थापित गर्नेगरी व्यवहारतः काम गर्नसक्छ कि सक्दैन भन्नेकुरा नै अहिलेको मननयोग्य रहेको बताए। अहिले संसद्ले २०१५ सालको निर्वाचनको परिणामदेखि संसद्ले खेलेका भूमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने काम गरिसकेको छ । २००७ सालदेखि बनेका कानुन अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने र सुरक्षित गर्ने काममा संसद् लागिपरेको बताए ।

“संसद् एउटा विधायन निर्माण गर्ने ठाउँ मात्रै, कानुन बनाउने थलो मात्रै होइन राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र हो । राष्ट्र निर्माण गर्नको लागि, यसैबाट सरकार निर्देशित हुन्छ र सरकार यसको आधारमा चल्नुपर्छ ।’’

सभामुख घिमिरेले अहिले संसद्लाई प्रभावकारी बनाउने, नेपालको कूटनीतिलाई ठिक ढङ्गबाट निक्र्यौल गर्ने, विश्वव्यापी रूपमा कूटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी