"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादी फेरी पनि पहिलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

प्रकाशित मिति :  ६ चैत्र २०७८, आईतवार १३:११


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरिको अवस्था हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताएका छन्। उनले तालमेलबिना नै माओवादी फेरि पहिलो पार्टी बन्न सक्ने बताए।

‘०६४ मा ठूला भनेका दलले माओवादीको पाँच सिट आउँछ होला भनेका थिए तर जनताले हामीलाई प्रत्यक्षतर्फ झन्डै बहुमत दिए,’ आज बिहान पोखरामा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले भने, ‘०७४ को परिणाम हाम्रा अगाडि छ। अब ०७९ मा चुनावमा जाँदा देशैभरिको सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेका छौं।’

उनले लोकतन्त्र, संविधान र शान्ति प्रक्रिया पूरा गर्नेदेखि जनतालाई अधिकार दिने विषय माओवादीले मात्र पूरा गर्न भएकोले फेरि माओवादी पहिलो पार्टी हुनेमा आफू विश्वस्त रहेको बताए।

‘बीचमा गल्ती गरिएछ भन्ने जनतालाई फिल भएको छ,’ उनले भने, ‘सिन्धुलीमा उभार देखा परेको छ। त्यहाँ साथीहरूले भरपर्दो तरिकाले एक नम्बर भएर देखाउँछौं भन्नुभएको छ। एकचोटी फेरि माओवादी आउनैपर्छ।’

उनले तालमेल गरेरभन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय चुनावमा जाने बताए। तर गठबन्धनको आवश्यकता भने अझै कायमै रहेको उनको भनाइ थियो।

उनले माओवादी अरू दलसँग तालमेलका लागि भन्दा पनि तालमेल गर्न अरू दलले माओवादी खोज्दै आउनुपर्ने अवस्था रहेको जिकीर गरेका थिए।

उनले देशैभरि माओवादीप्रति सकारात्मक देखिएको र माओवादीलाई काम गर्न दिनुपर्ने मत रहेको बताएका थिए। ‘हामी होइन, हेर्नुहोला अरू सबै पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ। शनिबार बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार

काठमाडौँ – चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत

काठमाडौँ – रङहरूको उत्सव होली पर्व आज (बिहीबार) पहाडमा उल्लासपूर्वक मनाइँदै छ । पहाडमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने चलन छ ।

काठमाडौं – वर्तमान सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसद्‌मा उठेको छ । बुधबार प्रतिनिधिसभामा सुशासन प्रवर्द्धन