"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

प्रकाशित मिति :  3 July, 2024 6:34 pm


काठमाडौँ । एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन आग्रह गरेको एमालेले बुधबार समर्थन फिर्ता लिएको हो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिए । ‘राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भएको सहमतिअनुसार त्यसका लागि मार्गप्रशस्त गर्न एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रधानमन्त्रीलाई भेटेर आजै जानकारी गराउनुहुनेछ,’ प्रमुख सचेतक बर्तौलाले भने ।

एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रिपरिषद्‌मा सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक