"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले लिए एमालेले राजिनामा गरेका सबै मन्त्रालयको जिम्मा

प्रकाशित मिति :  4 July, 2024 6:58 pm


काठमाडौं । नेकपा एमालेको तर्फबाट मन्त्री भएकाहरूले सम्हालेका सबै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मा लिएका छन् ।

एमालेका तर्फबाट सरकारमा गएका ८ मन्त्रीले बुधबार राजीनामा दिएका थिए । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यी सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन् । बुधबार भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन मन्त्री पदम गिरी, कृषि मन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले राजीनामा दिएका थिए ।

त्यस्तै उद्योग मन्त्री दामोदर भण्डारी, महिला तथा बालबालिका मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षा मन्त्री हरि उप्रेतीले सामूहिक राजीनामा बुझाएका थिए ।

बुधबार साँझ नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । योसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता