"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले लिए एमालेले राजिनामा गरेका सबै मन्त्रालयको जिम्मा

प्रकाशित मिति :  4 July, 2024 6:58 pm


काठमाडौं । नेकपा एमालेको तर्फबाट मन्त्री भएकाहरूले सम्हालेका सबै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मा लिएका छन् ।

एमालेका तर्फबाट सरकारमा गएका ८ मन्त्रीले बुधबार राजीनामा दिएका थिए । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यी सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन् । बुधबार भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन मन्त्री पदम गिरी, कृषि मन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले राजीनामा दिएका थिए ।

त्यस्तै उद्योग मन्त्री दामोदर भण्डारी, महिला तथा बालबालिका मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षा मन्त्री हरि उप्रेतीले सामूहिक राजीनामा बुझाएका थिए ।

बुधबार साँझ नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । योसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक