"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम

प्रकाशित मिति :  5 July, 2024 12:00 pm


काठमाडौँ । चालु आर्थिक वर्ष सकिन १० दिन मात्र बाँकी रहँदा दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम छ । सरकारले पुँजीगत खर्चमा बढोत्तरी ल्याउन अनेक प्रयास गरेको दाबी गरिरहँदा विकासे मन्त्रालयहरूकै पुँजीगत खर्च न्यून छ । चार मन्त्रालयको खर्च २० प्रतिशत पनि कट्न सकेको छैन । 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सबैभन्दा कम खर्च गर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय छ । यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा २३ करोड ४४ लाख विनियोजन भएकामा २ करोड २१ लाख ३४ हजार रुपैयाँ मात्र खर्च भएको छ । अर्थात् ९.४४ प्रतिशत मात्र खर्च भएको हो । २० प्रतिशत पनि खर्च नकटाउने मन्त्रालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति छन् । यी मन्त्रालयको पुँजीगत खर्च क्रमशः १०.५०, ११.५८ र १६.९७ प्रतिशत मात्र छ ।

३० प्रतिशत पनि खर्च नकटाउने मन्त्रालय ३ वटा छन् । महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार अर्थको २७.६०, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २७.६१ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको खर्च २७.९४ प्रतिशत छ । सबैभन्दा बढी खर्च गर्ने मन्त्रालयमा रक्षा पर्छ । यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा ५ अर्ब ६७ करोड १२ लाख रुपैयाँ विनियोजन भएको थियो । यसमध्ये मन्त्रालयले ४ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ खर्चिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो