"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने बजेट आउँछ : अर्थमन्त्री

प्रकाशित मिति :  22 May, 2026 3:17 pm


काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको आकार ठूलो बनाउने सरकारको लक्ष्य भएकाले यसपटकको नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता र बजेट त्यसतर्फ सोझिएको बताएका हुन्।

उनले आर्थिक सुधारका कामहरुलाई निरन्तरता दिँदै मुलुकको अर्थतन्त्रको आकार बढाउनुपर्नेमा जोड दिए। उनले उद्यममैत्री, निजी क्षेत्रमैत्री र लगानीमैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयासमा सरकार रहेको समेत बताए। सार्वजनिक ऋणका विषयमा सांसदहरुले उठाएका प्रश्नमा मन्त्री वाग्लले वर्तमान सरकारले सीमाभन्दा बाहिर गएर दातृ निकायसँग ऋण नलिएको स्पष्ट पारे।

उत्पादनमुखी क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिएमा सकारात्मक आर्थिक वृद्धि हुने सरकारको विश्वास रहेको उनले बताए। उनले लगानीमैत्री वातावरण बनाएर अर्थतन्त्रको आकार ठूलो बनाउनसके स्रोतको सीमिततामा बस्नुपर्ने असहज अवस्था सहज हँुदै जाने उल्लेख गरे।

मन्त्री वाग्लेले करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाहरुलाई समयमा नै पुरा गर्न प्रर्याप्त बजेट बिनियोजन गरिने जानकारी दिए। बैठकमा समिति सदस्यहरुले अलपत्र आयोजनाहरुलाई पूरा गर्न सक्ने गरी बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् ।

काठमाडौँ —प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद् र जंगली जनावरको आतंकको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण भएको

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुकेधारामा प्रस्तुत भएका प्रस्ताव र विचारहरू पार्टीले स्वीकार नगर्ने बताएका छन्। काठमाडौँको सुकेधारमा

काठमाडौँ — कुनैबेला आफ्ना आलोचकहरूविरूद्ध अरिंगालझैं खनिन आह्वान गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार इलाम पुगेर फेसबुकमा हार्न