"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय भेलाका प्रस्तुत प्रतिवेदन र निर्णयलाई कांग्रेसले चिन्दैन : सभापति थापा

प्रकाशित मिति :  17 August, 2026 10:21 pm


काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुकेधारामा प्रस्तुत भएका प्रस्ताव र विचारहरू पार्टीले स्वीकार नगर्ने बताएका छन्। काठमाडौँको सुकेधारमा सम्पन्न संस्थापनइतरको तीन दिने राष्ट्रिय भेलाको सन्दर्भमा उनले यस्तो बताएका हुन्। सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको समापन कार्यक्रममा सम्बोधन गदै सभापति थापाले असोजको १५ गतेदेखि पार्टीको १५ औँ महाधिवेशन सुरु हुन लागेको विषयमा आफ्ना धारणा राखे।

सभापति थापाले पार्टीको आधिकारिक दृष्टिकोण निर्माण गर्ने आफ्नै वैधानिक आधारहरू रहेको उल्लेख गरे। उनले इतर समूहको राष्ट्रिय भेलामा प्रस्तुत भएको प्रस्तावहरू पार्टीले सुन्ने र सम्मान गर्ने तर त्यसलाई पार्टीको डकुमेन्ट मान्न नसकिने धारणा राखे। कांग्रेसमा भेला र छलफल पुरानो संस्कारसमेत रहेको उनले बताए।

‘कांग्रेसमा यस्ता भेलाहरू पुरानो परम्परा हो, मैले पनि यस्ता धेरै भेलाहरू गरेको छ,’ उनले भने, ‘भेलामा भएको छलफल र बहसलाई नेतृत्वमा भएका व्यक्तिले सुन्नुपर्छ।’ सभापति थापाले विशेष महाधिवेशनमा फर्जी प्रतिनिधिहरू सहभागी भएको आरोप लगाएर इतरपक्षका नेताहरू आफ्नै पार्टीका नेता कार्यकर्ताको अपमान गरेको जिकिर गरे।

थापाले असोज १५ गते पार्टीको १५ औँ महाधिवेशन हुने बताए। ‘असोज १५ गतेदेखि १५ औँ महाधिवेशन सुरू हुन्छ, यसमा कुनै किन्तु परन्तु छैन,’ थापाले भने,‘केही क्षेत्रीय सभापति, जिल्ला सभापति राष्ट्रिय भेलामा आएको सुने। उहाँहरू आउन पाउनु हुन्छ, पार्टीको आन्तरिक कुरा हो। तर, महाधिवेशनमा कोही छुट्नु भएन भन्ने मेरो भनाइ हो।’

सभापति थापाले १५ औँ महाधिवेशनलाई साझा महाधिवेशन बनाउन तयार रहेको उल्लेख गरे। उनले अदालतमाथि आफूहरूको विश्वास रहेको बताए। सभापति थापाले पार्टीको विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले गर्ने निर्णय स्वीकार्य हुने प्रस्ट पारे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कुनैबेला आफ्ना आलोचकहरूविरूद्ध अरिंगालझैं खनिन आह्वान गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार इलाम पुगेर फेसबुकमा हार्न

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङझाउ सहरमा शनिबारबाट सुरु भएको

काठमाडौं – इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्