"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्री फेरबदलको तयारी छैन : रवि लामिछाने

प्रकाशित मिति :  19 August, 2026 11:02 pm


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा रास्वपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

मन्त्रीहरूको कार्यक्षमतालाई लिएर केही प्रश्न उठे पनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा नरहेको उनले प्रष्ट पारे । उनले सरकारलाई प्रश्न गर्ने अधिकार सबैसँग रहेको र रास्वपाका सांसदहरूले पनि प्रश्न सोध्ने गरेको उल्लेख गरे । त्यसलाई मन्त्री परिवर्तनसँग जोडेर हेर्न नहुने उनको भनाइ छ । रास्वपाभित्र प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने परिपाटी रहेको उनको दाबी छ ।

सभापति लामिछानेले आफू र प्रधानमन्त्री वालेन्द्र साहबीच कुनै मतभेद वा विवाद नरहेको पनि बताएका छन् । उनले दुई नेताबीच विवाद रहेको समाचारले आफूहरूलाई झन् नजिक ल्याउने टिप्पणी गरे । उनले प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको छु’ भनेर लेखेका विषयलाई राजनीतिक अर्थमा व्याख्या गर्न नहुने पनि बताए । प्रधानमन्त्री कलाकार र कवि पनि भएकाले उनको अभिव्यक्तिका प्रत्येक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको बताए । उनले सिङ्गो पार्टी प्रधानमन्त्रीसँगै उभिएको जिकिर गरे । 

उनले भने, ‘सरकारमाथि प्रश्नहरू आउनु स्वाभाविक हो, त्यसलाई अस्वाभाविक लिँदैनौँ । रास्वपाभित्रै पनि हामी प्रश्नहरू सोध्ने गरेका छौँ, तपाईँले देख्दै आउनुभएको छ, हामी गर्छौँ प्रश्न गर्ने हाम्रो एउटा परिपाटी पनि छ । त्यसैलाई नै सम्बोधन गर्नको निमित्त हामीले यो छलफल राखेका हौँ । यसको अर्थ कुनै मन्त्री फेर्ने तयारी बिल्कुल छैन ।’ 

उनले केन्द्रीय समितिलाई पूर्णता दिने प्रक्रिया पनि तत्काल सम्पन्न गर्नुपर्ने बताएका छन् । यसलाई पाँच वर्षभित्र क्रमशः अघि बढाउने कार्ययोजना रहेको जानकारी दिए । महाधिवेशनपछि पार्टीभित्रको समायोजन प्रक्रिया सकिसकेकोले विधानले सभापतिलाई दिएको अधिकारअनुसार योग्य व्यक्तिहरूलाई क्रमशः जिम्मेवारीमा ल्याउने उनको भनाइ छ । उनले रास्वपाभित्र दुई धार वा गुट रहेको भन्ने दाबीलाई पनि अस्वीकार गरे । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ —प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद् र जंगली जनावरको आतंकको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण भएको

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुकेधारामा प्रस्तुत भएका प्रस्ताव र विचारहरू पार्टीले स्वीकार नगर्ने बताएका छन्। काठमाडौँको सुकेधारमा

काठमाडौँ — कुनैबेला आफ्ना आलोचकहरूविरूद्ध अरिंगालझैं खनिन आह्वान गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार इलाम पुगेर फेसबुकमा हार्न

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङझाउ सहरमा शनिबारबाट सुरु भएको