"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहकारी छानबिनमा संसदीय समितिले गर्‍यो गृह सचिव र आइजिपीसँग सोधपुछ

प्रकाशित मिति :  5 July, 2024 1:58 pm


काठमाडौँ । सहकारी संस्थाका बचत दुरूपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले गृह सचिव र प्रहरी महनिरीक्षक (आइजिपी) सँग सोधपुछ गरेको छ।

समितिले शुक्रबारको बैठकमा गृह सचिव एकनारायण अर्याल र आइजिपी बसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको हो। सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतमा केन्द्रित रहेर समितिले उनीहरूसँग सोधपुछ गरेको छ। समितिले गृह सचिव र आइजिपीलाई शुक्रबारको बैठकमा उपस्थित हुन बिहीबार आग्रह गरेको थियो।

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा सभापति रहेको संसदीय समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकहरूलाई पनि समितिमा उपस्थित हुन आग्रह गरेको छ। सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै नेपाली कांग्रेसले सदनमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो।

लामिछानेको नाम उल्लेख नगरी समस्याग्रस्त २९ सहकारीका नाम उल्लेख गरेर समितिको कार्यादेश बनाइएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक