"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहकारी छानबिनमा संसदीय समितिले गर्‍यो गृह सचिव र आइजिपीसँग सोधपुछ

प्रकाशित मिति :  5 July, 2024 1:58 pm


काठमाडौँ । सहकारी संस्थाका बचत दुरूपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले गृह सचिव र प्रहरी महनिरीक्षक (आइजिपी) सँग सोधपुछ गरेको छ।

समितिले शुक्रबारको बैठकमा गृह सचिव एकनारायण अर्याल र आइजिपी बसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको हो। सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतमा केन्द्रित रहेर समितिले उनीहरूसँग सोधपुछ गरेको छ। समितिले गृह सचिव र आइजिपीलाई शुक्रबारको बैठकमा उपस्थित हुन बिहीबार आग्रह गरेको थियो।

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा सभापति रहेको संसदीय समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकहरूलाई पनि समितिमा उपस्थित हुन आग्रह गरेको छ। सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै नेपाली कांग्रेसले सदनमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो।

लामिछानेको नाम उल्लेख नगरी समस्याग्रस्त २९ सहकारीका नाम उल्लेख गरेर समितिको कार्यादेश बनाइएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता