"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस एमाले निष्कर्ष : नयाँ सरकार संविधानको धारा ७६ (२) अनुसार हुन्छ

प्रकाशित मिति :  8 July, 2024 12:43 pm


काठमाडौँ । नयाँ सरकार गठनका सन्दर्भमा रहेको माओवादीको हठलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय दलको बैठक राखेर छलफल गरे। दुवै दलले माओवादी केन्द्रले नयाँ सरकार गठनका सन्दर्भमा राखेको तर्क नमिल्ने निष्कर्ष निकाले।

शनिबार कांग्रेसको संसदीय दलको बैठक बसेको थियो भने आइतबार एमालेको संसदीय दलको बैठक बस्यो। दुवै दलको बैठकले एउटै निष्कर्ष निकाले – नयाँ सरकार संविधानको धारा ७६ (२) अनुसार बन्छ।

कांग्रेस र एमालेबीच पहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति छ। यो सहमति कांग्रेस र एमाले दुवै संसदीय दलको बैठकले अनुमोदन गरेको छ।

‘वर्तमान सरकारलाई एमालेलगायत विभिन्न राजनीतिक पार्टीहरुले दिएको समर्थन फिर्ता लिइसकेपछि स्पष्ट अल्पमतमा परेको छ। अब नयाँ सरकार ७६(२) अनुसार बन्छ’, संसदीय दलको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू पनि संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताउँछन्। यही निर्णय कांग्रेस संसदीय दलको बैठकले गरेको उल्लेख गर्दै उनी दुई दल संविधानको ७६ (२) अनुसार सरकार बनाउन सहमतिमा आएकाले दायाँबायाँ नहुने बताउँछन्। उनी भन्छन्, ‘कांग्रेस-एमालेबीच पहिलो चरणमा ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी भएकाले त्यसको कार्यान्वयन हुनेमा आशंका गर्न आवश्यक छैन।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । उनले सरकारले सिफारिस गरेका ६ मध्ये यी दुई

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा