"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बूढानीलकण्ठमा देउवा र ओली छलफलमा

प्रकाशित मिति :  10 July, 2024 7:57 pm


काठमाडौं । नयाँ राजनीतिक परिवेशमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के. पी. शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा अहिले भेटवार्ता भइरहेको छ ।

कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण गरेर जाने सहमति भएसँगै भावी रणनीति तय गर्न शीर्ष तहमा छलफल गर्न भेटवार्ता भएको जानकारी बैठकमा सहभागी एक नेताले दिए । बैठकमा नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, रमेश लेखकलगायत सहभागी छन् ।

यस बैठकले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन साँसदहरूको हस्ताक्षर, मन्त्रिपरिषदको गठन, सरकारमा कुन कुन राजनीतिक दललाई सहभागी गराउने भन्ने लगायतका विषयमा छलफल हुने सम्भावना छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको बैठकमा असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । तर नयाँ सत्ता समीकरणमा जाने निर्णय भएसँगै एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिनुका साथै एमालेबाट सहभागी मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक