"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान

प्रकाशित मिति :  13 July, 2024 4:13 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गरेका छन्। पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति पाैडेलले आइतबार साँझ ५ बजेसम्मकाे समय दिएका छन्। संसदमा विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्। प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ६३ मत परेको थियो। विपक्षमा १९४ मत परेको छ। विश्वासको मतका लागि भएको मतदानमा २५८ सांसद सहभागी थिए।

राष्ट्रपतिले सरकार गठनको आह्वान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेर हस्ताक्षर पेस गर्ने तयारी भएको छ। कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्नेछन्। अन्य साना दलहरुलाई पनि सरकारमा सहभागी गराउने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक