"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान

प्रकाशित मिति :  13 July, 2024 4:13 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गरेका छन्। पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति पाैडेलले आइतबार साँझ ५ बजेसम्मकाे समय दिएका छन्। संसदमा विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्। प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ६३ मत परेको थियो। विपक्षमा १९४ मत परेको छ। विश्वासको मतका लागि भएको मतदानमा २५८ सांसद सहभागी थिए।

राष्ट्रपतिले सरकार गठनको आह्वान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेर हस्ताक्षर पेस गर्ने तयारी भएको छ। कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्नेछन्। अन्य साना दलहरुलाई पनि सरकारमा सहभागी गराउने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता