"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल र विकास सल्लाहकारमा खतिवडा नियुक्त

प्रकाशित मिति :  18 July, 2024 8:15 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनीहरूलाई मन्त्रीसरहको सल्लाहकार नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने- ‘प्रधानमन्त्रीज्यूको मुख्य राजनीतिक सल्लाहकारमा विष्णुप्रसाद रिमाल (नुवाकोट) र विकास सल्लाहकारको रुपमा पूर्वअर्थमन्त्री, योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्वगभर्नर डा. युवराज खतिवडालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।’

एमालेका उपमहासचिवसमेत रहेका रिमाल यसअघि पनि ‌ओली प्रधानमन्त्री हुँदा उक्त भूमिकामा थिए । रिमालले ओली प्रधानमन्त्री हुँदा र नहुँदा पनि सबै राजनीतिक र प्राविधिक कामहरूको व्यवस्थापन गर्दै आएका छन् ।

खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री थिए । अर्थमन्त्रीबाट हटेपछि उनी अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए । खतिवडा पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।

२०६४ सालको पहिलो संविधान सभामा सभासद् रहेका रिमाल पार्टीको नवौं महाधिवशेनमा ओलीकै पक्षबाट सचिव पदका उम्मेदवार थिए । ओली अध्यक्ष निर्वाचित भए पनि रिमालले सचिव पद हारे तर उनी पोलिटब्युरो सदस्यको रुपमा पार्टीका क्रियाशिल थिए । त्यही क्रममा ओली २०७२ सालको पहिलो कार्यकालमा रिमाल ओलीको प्रमुख सल्लाहकार बने ।

२०७४ पछिको चुनावपछि बनेको आफ्नो नेतृत्वको सरकारमा पनि रिमाल ओलीको प्रमुख रोजाईमा परे । ओली सरकारबाट बाहिरिएपछि पनि रिमालले पार्टी अध्यक्ष ओलीलाई सबै राजनीतिक काममा सहयोग गरेका थिए । दशौं महाधिवेशनमा रिमाल पार्टीको उपमहासचिव चयन भएका थिए । मजदुर आन्दोलनको पृष्ठभूमिबाट उदाएका नेता रिमाल एमालेको भातृसंगठन जिफन्टको पूर्वअध्यक्षसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने