"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपसभामुख रानाको प्रष्टीकरण : मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन

प्रकाशित मिति :  19 July, 2024 5:10 pm


काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूबारे अमेरिकी दूतावाससँग जोडेर आएका समाचारबारे ध्यानाकर्षण गराएकी छन्। आज शुक्रबार विज्ञप्ति जारी गर्दै  रानाले सन् २०२३ मार्च महिनामा यूएन सीएसडब्लू सम्मेलनमा जानेहरू कसैको पनि भिसाका लागि अनुरोध नगरेको दाबी गरेकी हुन्।

उक्त कार्यक्रममा आफ्ना सहयोगीसमेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनको दाबी छ।

‘उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागी मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन। हैन।’

उपसभामुख रानाले दूतावासमा अन्तर्वार्ताका लागि विभिन्न व्यक्तिको नाम उल्लेख गर्दै लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा परेकी छन्। उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौँस्थित अमेरिकी दूतावाससँग ताकेता गरेको पाइएको थियो। यसबारे उपसभामुख सम्बद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले पनि केही बोलेको छैन।

त्यसो त आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि सभापति रामहरि खतिवडाले सभामुखको जवाफ मागेका थिए। जवाफमा सभामुख देवराज घिमिरेले यसबारे छुट्टै छलफल गर्ने बताएका थिए।

उपसभामुख रानाले जारीगरेको विज्ञप्ति



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने