"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय

प्रकाशित मिति :  ४ श्रावण २०८१, शुक्रबार १७:५८


काठमाडौँ – नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ । 

विपक्षी दलहरुले मोर्चाबन्दी नै गरेर शुक्रबार सिंहदरबारमा सामुहिक छलफल गर्दै प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने र एकीकृत समाजादी अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार सिंहदबारमा भएको छलफलपछि तीन दल विपक्षमा उभिने टुंगोमा पुगेका हुन् । ‘विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वास मतको विपक्षमा उभिने निधो भएको छ,’ दाहालका स्वकीय सचिब रमेश मल्लले भने ।

निर्वतमान प्रधानमन्त्री दाहालले असार २८ मा प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएका थिए । त्यसबेला माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) ले दाहाललाई विश्वासको मत दिएका थिए ।

प्रतिनिधिसभामा ६२ सिट भएका तीन प्रतिपक्ष दलले ओलीलाई विश्वासको मत नदिन एक ठाउँमा उभिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारी अधिकारीहरूले आतंकवाद र अन्तर्देशीय संगठित अपराध रोकथाम तथा नियन्त्रण अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।आतंकवाद, साइबर अपराध,

काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन

कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएका बालिका निर्मला पन्त घटनाको अनुसन्धान थप सूक्ष्म ढंगले गरिने बताएका छन् । उनले

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रुपमा हटाउनुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको