"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक

प्रकाशित मिति :  20 July, 2024 6:56 pm


काठमाडौँ – नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक गरिएको छ।

‘द राइजिङ नेपाल’का पूर्वसम्पादक डा.मुक्ति रिजालले लेखेको उक्त पुस्तकको आज पूर्वप्रधानमन्त्री भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा  एकीकृत  समाजवादीका महासचिव घनश्याम भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृ सुमना श्रेष्ठले संयुक्त रूपमा विमोचन गरे।

पुस्तकमा माओवादी आन्दोलनमा डा.भट्टराईको भूमिका, माओवादी छाडेपछिको अवस्था र वैकल्पिक शक्ति निर्माणको अभियानसम्मका गतिविधि विभिन्न १७ वटा आलेखमा समेटिएका छन्। अंग्रेजी भाषमा लेखिएको सो पुस्तक एक सय २५ पृष्ठको छ। उक्त पुस्तकको मूल्य तीन सय ५५ तोकिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय