"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भुटानी शरणार्थी र गिरीबन्धुको विषय सरकारले स्पष्ट पार्नुपर्छ : महामन्त्री थापा [भिडियो हेर्नुहोस ]

प्रकाशित मिति :  13 August, 2024 3:01 pm


काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण र डेडिकेटेड र ट्रंक लाइनको विषयमा सदनमा स्पष्ट पार्न र जहाँ जे अवस्थामा छ त्यहीँबाट काम अघि बढाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले यो विषयहरूमा सरकार भाग्ने नभइ स्पष्ट जवाफ दिनेतर्फ लाग्नुपर्ने बताए ।

‘भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा र डेडिकेटेड र ट्रंक लाइनबाट भाग्ने होइन हामीले स्पष्ट पार्ने हो,’ उनले भने, ‘गिरीबन्धुको विषयमा सर्वोच्च आदेशमा जग्गा फिर्ता गर्ने भन्ने छ । त्यसलाई कारबाही गर्नुपर्‍यो । तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्‍यो।’

उनले अहिले सरकार बन्दै गर्दा यी विषयमा के होला भन्ने चासो प्रकट भएको सन्दर्भमा यसलाई स्पष्ट गर्नुपर्ने उल्लेख गरे ।

उनले संविधान संशोधनका सवालमा पनि समानुपातिक समावेशीतालाई अझ मजबुत बनाउन खोजेको बताए । ‘म सरकार बनाउने क्रममा धेरै लागेको माननीय होइन । तर जे भएको छ भएको छ’ उनले भने, ‘हामी संविधान संशोधन गरेर पछाडि फर्कन सक्दैनौं । जम्बो संसद्को आकार घटाउ तर यो समावेशी बनाउने हो भनेर बहस गर्न नमिल्ने ? कांग्रेस र एमालेले समानुपातिक समावेशी बनाएर मन्त्रिपरिषद् सबैलाई समावेशी बनाएर बहुभाषिक बुहजातीय कुरालाई चलाएर राखेर जानसक्छौं ।’

उनले डेडिकेटेड र ट्रंक लाइनको विषयमा सरकारले यसअघिका कुनै पनि निर्णयहरू भन्दा अलग भएर जान नसक्ने बताए । उनले बक्यौताको एक रुपैयाँ पनि छोड्न नसक्ने बताए । ‘सरकारका नियकायहरुले पनि भन्नुपर्छ । यो विषयको सन्दर्भमा सरकार प्रष्ट भन्नुपर्छ । कसैले बिजुली प्रयोग गरेको छ भने त्यो सरकारले छोड्दैन ।’

भिडियो हेर्नुहोस ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने