"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सार्वजनिक यातायात सुधारका लागि गृहमन्त्रालयको १२ बुँदे निर्देशन

प्रकाशित मिति :  15 August, 2024 1:34 pm


काठमाडौँ – गृह मन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई १२ बुँदे निर्देशन दिएको छ। मन्त्रालयले बुधबार यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई पत्र लेख्दै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न भनेको हो।

असार २८ गते नारायणगढ-मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पहिरोले दुईवटा बस बगाएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले साउन २२ गते सुझाव प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको थियो। सो सुझावअनुसार गृह मन्त्रालयले यातायात व्यवसायीलाई यात्रुहरुलाई टिकट काटेरमात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका १२ बुँदे निर्देशन दिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९