"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने पर्याप्त छलफल हुनुपर्छ : प्रचण्ड

प्रकाशित मिति :  15 August, 2024 2:09 pm


काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा पर्याप्त छलफल गरेर टुंगोमा पुग्नुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा अध्यक्ष प्रचण्डले भ्रष्टाचार निवारणको विषय कानुनी र प्राविधिक मात्रै नभएकाले पर्याप्त छलफल गरेर हदम्याद राख्ने कि नराख्ने भन्नेबारे निर्णय लिनुपर्ने बताएका हुन्। ‘हदम्याद राख्ने कि नराख्ने भन्ने छलफल चलिरहेको छ। यसमा पर्याप्त छलफल गरेर मात्रै हामी टुंगोमा पुग्नुपर्छ,’ उनले भने।

पूर्वप्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारसम्बन्धी मुद्दालाई समयानुकूल बनाउन आवश्यक रहेको बताए। शासन प्रणाली र नियामक निकायमा जटिलता रहेको उनले बताए। प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गर्ने बितिक्कै निलम्बन हुने भएकाले अदालतले निर्दोष भनेको अवस्थामा क्षतिपूर्ति के हुने भन्नेबारे पनि सोच्नुपर्ने बताए।

‘अदालतले फैसला नगर्दासम्म निलम्बित नहुने वा निलम्बन गर्ने कि नगर्ने ? फैसलापछि क्षतिपूर्तिको व्यवस्था गर्ने कि ? पर्याप्त छलफल होस्,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने