"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महत्त्वपूर्ण चाडबाड आइसक्यो, जीर्ण सडक कहिले बनाउने ?

प्रकाशित मिति :  11 September, 2024 8:19 pm


काठमाडौँ – प्रतिनिधिसभाका सांसद्हरूले जीर्ण सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद अमृतलाल राजवंशीले झापा जिल्लाको मध्य भागमा पर्ने कनकाई माई नदीको हुलाकी राजमार्गमा पर्ने करिब सात सय २० मिटर लामो मुख्य पुल निर्माण कार्यमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले भने, ‘त्यहाँ बसोबास गर्ने झापाली जनताको एक मात्रै विकल्पका रुपमा रहेको सो पुल विगत १२ वर्षदेखि निर्माणाधीन अवस्थामा छ, त्यो पुल हाल जीर्ण छ, सरकार र निर्माण कम्पनी बीचको समस्या समाधान गरेर पुलको बाँकी काम तत्काल अघि बढाउन सरकारसँग माग गर्दछु।’

सांसद अर्जुननरसिंह केसीले मंगलबारदेखि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री अनशनमा रहेको उल्लेख गर्दै उनीमाथि भएको प्रहरी हस्तक्षेप बन्द गरी सरकारले सहमतिबाट समस्याको समाधान गर्नुपर्ने बताए। सांसद ईश्वरबहादुर रिजालले नारायणघाटदेखि बुटवलसम्मको सडक निर्माणमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद उर्मिला माझीले दसैँ, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिँदै गर्दा देशका विभिन्न ठाउँका सडक जीर्ण अवस्थामा रहेको भन्दै जतिसक्दो चाँडो निर्माणका लागि ध्यानाकर्षण गराइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको