"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कार्यसम्पादनमा तीव्रता दिन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  12 September, 2024 5:22 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीव्रताका साथ काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरुलाई उक्त निर्देशन दिएका हुन् । उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताए ।

‘हामी कामलाई तीव्रता दिनेछौं । हाम्रो एउटा कमजोरी के रहेको छ भने काम विस्तारै, विस्तारै गर्ने भन्ने ढंगको अभ्यास छ । त्यस्तो होइन । हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन । विश्राम गर्ने सुविधा पनि छैन । हामीले अत्यन्तै तीव्र गतिले काम अघि बढाउनुपर्ने छ । हाम्रो गतिमा तीव्रता चाहिन्छ । काममा योजनाबद्धता चाहिन्छ । पारस्परिक एक अर्कामा साथ र सहयोग चाहिन्छ,’ प्रधानमन्त्रीको निर्देशन थियो ।

उनले अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिएका थिए । मन्त्रालयबीच एक अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले एउटा र अर्को मन्त्रालय बीचको कोर्डिनेसन गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आ-आफ्नो मन्त्रालयका समस्या पहिचान गरी समाधान गर्न पनि निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।