"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

प्रकाशित मिति :  28 March, 2022 3:01 pm


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो ।

सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा पदाधिकारी र वरिष्ठ केन्द्रीय पदाधिकारीहरुले आ–आफ्ना राय प्रस्तुत गर्नेछन् ।

प्रवक्ता प्रकाशशरण महतका अनुसार आज (सोमबार) को बैठकले आगामी स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्नेछ । यसका साथै चुनावी संयन्त्र कस्तो बनाउने भन्नेबारे पनि छलफल हुने उनले बताए ।

शुक्रबारदेखि सुरु भएको बैठकमा चुनावी अभियानका लागि ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूले जिल्लाको वस्तुगत अवस्थाको रिपोर्टिङ गर्ने क्रम चलिरहेको छ ।

त्यस क्रममा चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा नेताहरूले फरक फरक मत राखिरहेका छन् । गत शुक्रबार २१ जिल्लामा खटिएका नेताहरूले धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने