"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चुनावी तालमेलबारे गगन र विश्वप्रकाशमा मतान्तर

प्रकाशित मिति :  28 March, 2022 5:27 pm


काठमाडौँ । स्थानीय तह चुनावमा गठबन्धन गर्नेबारे नेपाली कांग्रेसका दुई महामन्त्रीको मत फरक(फरक आएको छ।

महामन्त्री गगन थापाले आफू गठबन्धनका पक्षमा नरहेको र यसले कांग्रेसलाई फाइदा नगर्ने बताए। तर अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने आवश्यकताका आधारमा गठबन्धन गरेर जान सकिने बताउँछन्।

आज सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले नयाँ मतदातालाई रूखबाहेक अन्य चिन्हमा भोट हाल्न लगाउँदा अर्को चुनावमा ती मतदाताले रूखमै भोट हाल्छन् कि हाल्दैनन् भन्नेतर्फ सचेत हुनुपर्ने बताएका थिए।

तर महामन्त्री शर्माले भने ०७४ मा पार्टीले धेरै सिट हारेकोले जित्नका लागि आवश्यकताका आधारमा गठबन्धन गर्न सकिने बताएका छन्।

कांग्रेसले गठबन्धनबारे भोलि सैद्धान्तिक निर्णय गर्ने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको