"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चुनावी तालमेलबारे गगन र विश्वप्रकाशमा मतान्तर

प्रकाशित मिति :  28 March, 2022 5:27 pm


काठमाडौँ । स्थानीय तह चुनावमा गठबन्धन गर्नेबारे नेपाली कांग्रेसका दुई महामन्त्रीको मत फरक(फरक आएको छ।

महामन्त्री गगन थापाले आफू गठबन्धनका पक्षमा नरहेको र यसले कांग्रेसलाई फाइदा नगर्ने बताए। तर अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने आवश्यकताका आधारमा गठबन्धन गरेर जान सकिने बताउँछन्।

आज सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले नयाँ मतदातालाई रूखबाहेक अन्य चिन्हमा भोट हाल्न लगाउँदा अर्को चुनावमा ती मतदाताले रूखमै भोट हाल्छन् कि हाल्दैनन् भन्नेतर्फ सचेत हुनुपर्ने बताएका थिए।

तर महामन्त्री शर्माले भने ०७४ मा पार्टीले धेरै सिट हारेकोले जित्नका लागि आवश्यकताका आधारमा गठबन्धन गर्न सकिने बताएका छन्।

कांग्रेसले गठबन्धनबारे भोलि सैद्धान्तिक निर्णय गर्ने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने